काठमाडौं भीडभाडमा अभ्यस्त शहर हो। तर जसै अक्टोबर लाग्छ, काठमाडौं पनि थोरै डराउँछ। त्यतिबेला काठमाडौंमा म जस्ता घर हिंड्ने लाखौं हुन्छन्। केही महिनाको लागि काठमाडौं न्यास्रिन्छ।
राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ । कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । ‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ,’ महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ ।’व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको भनाइ छ । ‘काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो,’ महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।’लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भाग तथा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर नजिकै रहेकाले उक्त कम्प्लेक्स रहेको क्षेत्र विश्वकै गन्तव्य भएको उनी दाबी गर्छन् । ‘त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना राख्नेलाई पनि हामीले सम्बोधन गरेका छौं,’ महर्जनले भने, ‘एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय हो ।’ कम्प्लेक्समा पाँच दर्जन कबल छन् ।महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । प्रवद्र्धकका अनुसार कम्प्लेक्सभित्र कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ जस्ता सुगन्धित फूलको बास्ना मगमगाउँछ ।कम्प्लेक्सको बीच भागमा प्रशस्त खुला ठाउँ छाडिएको छ । चारैतिर भवनले घेरिएको बीच भाग खालि देख्दा काठमाडौंको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । कम्प्लेक्स सम्पदामैत्री शैलीको छ । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ । कम्प्लेक्सका प्रत्येक पिलर दुई बाई दुई फिटका छन् । दुई फिटको बिम प्रयोग गरिएको छ । भूकम्पीय सुरक्षाका दृष्टिले ज्यादै बलियो संरचना तयार गरेको उनको भनाइ छ ।व्यावसायिक सम्भावनाको हिसाबले सहरकै सबैभन्दा बढी मानिसको चहलपहल हुने क्षेत्रमा कम्प्लेक्स रहेकोले तीन वर्षमै लगानी उठ्ने महर्जन बताउँछन् । ‘न्युरोडको प्रोपर्टीको एस्केलेसन भ्यालु असाध्यै राम्रो छ,’ महर्जनले भने ।
कञ्चनपुर । वनमाथिको निर्भरता कम गर्न कञ्चनपुरमा ७ लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायत क्षेत्रमा वृक्षरोपण गरिएका छन् । वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले २लाख ४० हजार, ब्रह्मदेव सबडिभिजन वन कार्यालयले १ लाख ८० हजार, शुक्लाफाँटाले ५० हजार, वाणीले ८० हजार, पिपरैयाले २७ हजार, लालझाडीले ५० हजार र कुण्डा सब डिभिजन वन कार्यायले १ लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार उत्पादन गरिएका बिरुवामा भिमल, बडहर, बकाइनो पारिजात, अमला, हर्रो, बर्रो, तेजपात, रिठा, धुपी सल्ला, सीताफल, गोल्डमोहर, कल्कीफूल, राजवृक्ष, वियसाल, बेल, ढाँक, इमली, अशोक, क्यासिया सेमिया, अशोक, क्यासिया ग्लूकालगायत २५ प्रजातिका बिरुवा छन् ।
प्रतिबिरुवा उत्पादन गर्न डिभिजन र सब डिभिजन वन कार्यालयले १० का दरले रकम खर्च गरेका छन् । उत्पादित बिरुवामध्ये जडीबुटी प्रजातिका मात्रै ८० हजार बिरुवा वितरण गरिएको सूचना अधिकारी अवस्थीले बताउनुभयो । वितरण गरिएका वनजन्य, जडीबुटी र सौन्दर्य अभिवृद्धिका लागि बिरुवा ५०० हेक्टर क्षेत्रफलमा रोपिएका छन् । ‘विगतका वर्षहरुमा थोरै मात्रै बिरुवा उत्पादन हुँदै आएका थिए,’ सूचना अधिकारी अवस्थीले भने, ‘हाल बिरुवाको माग बढ्न थालेपछि नर्सरीमा बिरुवा उत्पादनको कार्यलाई दोब्बर बनाइएको छ ।’ उनका अनुसार विगतमा दुई लाखदेखि चार लाखको हाराहारीमा बिरुवा उत्पादन हुने गरेका थिए । यस वर्ष ८ लाख बिरुवा उत्पादन गरिएका छन् । सामुदायिक वन, निजी जग्गा, नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यलाई निरन्तरता दिइँदै आएपछि वनबाट हुने काठ र दाउराको आपूर्तिमा कमी आएको छ । स्थानीय स्तरबाटै दाउरा र काठको आपूर्ति हुन थालेपछि वन क्षेत्रमा हुने मानवीय अतिक्रमणको कार्य रोकिएको छ ।
आवादी (निजी) जग्गामा गरिएको वृक्षरोपणको असरका कारण मात्रै विगत ३ वर्षयता ५० देखि ६० हजार क्युबिक फुट काठको आपूर्ति हुने गरेको सूचना अधिकारी अवस्थीको भनाइ छ, जसबाट स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले सघाउ पुर्याएको छ । रासस