निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।