दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?

काठमाण्डौ – सिराहाको लहान नगरपालिका-२१ का मुकेशकुमार यादव विगत दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुहुन्छ । वैदेशिक राेजगारीकाे लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका मुकेश गएको दुई वर्षदेखि परिवार, साथीभाइ कसैको पनि सम्पर्कमा आउनुभएको छैन । २४ वर्षीय मुकेश मलेसियाको जोहरवारुमा रहेको स्थीन पावर रुट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । तर दुईवर्षदेखि उहाँ हराउनुभएको छ । परिवारले कम्पनीमा सम्पर्क गरेर बुझ्दा दुई वर्ष अगाडि नै काम छाडेर गएको भन्ने बुझिएको मुकेशका दाइ सुमेश्वर यादवले बताउनुभयो । यस्तै नगरप...