कर्णाली प्रदेशमा शुक्रबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट गरिएको कोरोना परीक्षणबाट ४१ जना र ७४ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।संक्रमण देखिनेमा सुर्खेतमा सबैभन्दा बढी ४४ जना रहेका छन् भने रुकुम पश्चिममा ५, कालिकोटमा १ र दैलेखमा २ जना रहेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ३३ हजार ३९० पुगेको छ । तीमध्ये ३१ हजार