काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसोका लागि सर्वदलीय बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो। प्रधानन्यायाधीश राणाबिरुद्ध प्रतिनिधिसभाका १०१ जना सांसदहरुले आइतबार बिहान संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।