दोलखा । दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए ।