विवेकशील साझा पार्टीले सरकारलाई भन्यो, लकडाउन गरेर आफ्नो दायित्व नबिर्स

काठमाडौं। विवेशशील साझा पार्टीले लकडाउन गरेर आफ्नो दायित्व नबिर्सिन सरकारलाई आग्रह गरेको छ। आज पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै पाँचबुँदे ध्यानाकर्षण गराएका छन्। अस्पतालमा अक्सिजनको अभाव हुन नदिन, कोरोना परीक्षण बढाउँदै कन्ट्याक्ट ट्रेसिङमा जोड दिन, आइसोलेसन सेन्टरलाई प्रभावकारी बनाउन,खोप केन्द्रहरूमा देखिएको भद्रगोललाई व्यवस्थापन गर्नुका साथै मजदूर वर्गलाई खाद्य सामग्री वितरण गरी रेखदेख गर्नुपर्ने माग गरेको छ।