रुसको सरकारी मिडियाले युक्रेनको मारिपाेल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ। यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मारिपोलकाे अजाेवस्तलमा बम नखसाल्न पनि आदेश दिएको बताइएको छ। पुटिनले आफूले मात्र सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन्। उनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिँगा पनि प्रवेश गर्न नपाओस् भनी छेकबार गर्न लगाएका […]