सेयर बजारमा फर्कियो उत्साह

काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो। यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ।