मौलिकता बोकेको ‘यानीमाया’ भाका संकटमा

बागलुङ :  धौलागिरी क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छोडेको छ। एकल तथा समूहिक रुपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन्।यो गीत एक जनाले सुरु गर्ने र उसँगै समुहका अन्य कलाकारहरूले गाउने गर्छन्। केहीले एकल रुपमा पनि गाउने गर्छन्। अहिले बजारमा आएका आधुनिक, लोकदोहोरी लगायतका गीतले गर्दा यानीमाया गीत गाइन छोडेको बुढापाकाको भनाइ छ।धौलागिरीको म्याग्दी, बागलुङमा बढ