श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ । प्रदर्शनकारीह...