नेपाली चिया क्षेत्रमा दक्ष जनशक्ति अभाव, टी टेष्टरदेखि प्रबन्धकसम्म भारतीय नागरिक

इलाम : नेपालमा चिया खेती सुरु भएको १५८ वर्ष भए पनि चिया उद्योग र बगानमा काम गर्ने प्राविधिक जनशक्ति अभाव छ। नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिँदै आए पनि चिया विषयमा अध्ययनको व्यवस्था नहुँदा नेपालका चिया उद्योग र बगानमा भारतबाट चिया प्राविधिक ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको हो। साना लगानीमा चलेका घरेलु उद्योगबाहेकका ठूला कारखानमा विज्ञको रुपमा भारतीय नागरिकहरु काम गर्दै आएका छन्। टी टेस्टिङका लागि समेत भारतीय नागरिकहरुलाई विज्ञको रुपमा प्रयोग गरिँदै आइएको छ। चिया उद्योगका प्