राष्ट्रिय आविष्कार केन्द्रमा इजरायलले बनाइदियो हाई- टेक कक्षाकोठा

पुस २२, काठमाडौं । इजरायल सरकारले नेपालमा पहिलो पटक हाई–टेक संरचना निर्माण गरेको छ । काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायलले रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) हब र हाई–टेक कक्षाकोठा स्थापना गरिदिएको हो । हब तथा कक्षाकोठामा ल्यापटप, वेबक्याम, डिजिटल डिस्प्ले स्क्रिन, इन–बिल्ट साउन्ड सिस्टम, ग्लास बोर्ड, एयर–कन्डिसनिङसहितका उपकरण जडान गरिएका छन् । नेपालका लागि इजरायलका राजदूत हनन गोडर, मिसन उपप्रमुख तल स्भर्टस्मन र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बिहीवार हाई - टेक संरचनाको  उद्घाटन गरेका हुन् । इजरायली तौरतरिकामा बनाइएको उच्च–प्रविधियुक्त कक्षाकोठा तथा आर एन्ड डी हबको साँचो एक समारोहका बीच पुनलाई हस्तान्तरण गरिएको छ । ‘७० वर्षको छोटो अवधिमा सानो देश इजरायलले प्रविधि र नवप्रवर्तनको मद्दतले विकासमा ठूलो फड्को मारेको छ,’ राजदूत गोडरले भने, ‘यसबाट नेपालले सिक्न, यहाँ के गर्न सकिन्छ भन्ने बुझ्न सक्छ ।’ उनले बाजेको पालाको प्रविधि प्रयोग गरेर कतै कहीं नपुगिने भन्दै नयाँ आविष्कारको काममा लागेकोमा आविष्कार केन्द्रलाई बधाइ पनि दिए । कार्यक्रममा मिसन उप- प्रमुख स्भर्टस्मनले पछिल्लो समय इजरायलले स्याउ (कृषि) होइन, हाई–टेक आइडिया निर्यात गर्दै आएको बताए । नेपालमा पहिलो हाई–टेक स्टार्ट–अप शुरु भएकोमा खुसी व्यक्त गरे । केन्द्रका अध्यक्ष पुनले नेपालभन्दा झन्डै सात गुणा सानो, सुक्खा र थोरै जनसंख्या भएको देश इजरायलले प्रविधि र नवप्रवर्तनमा ठूलो फड्को मारेको बताए । उनले नवउद्यम, उच्च–प्रविधि र आविष्कारबारे कुरा गर्दा आफूले सँधै इजरायलको उदाहरण दिने गरेको बताए । ‘भौगोलिक रूपमा इजरायल सुक्खा, मरुभूमियुक्त देश हो तर इन्नोभेसन (नवप्रवर्तन) का लागि यो निकै उर्बर ठाउँ छ,’ उनले भने, ‘नेपाल भने भौगोलिक रूपमा हरियालीयुक्त र उर्बर भए पनि नवप्रर्वतनको मामिलामा सुक्खा, खडेरी परेकोजस्तो छ ।’ उनले अनेकौं समाधानमुखी आइडियासहित केन्द्रमा आउने युवाहरूलाई साथ दिन इजरायली विज्ञता निकै काम लाग्ने  पनि बताए । इजरायलको प्रतिष्ठित बेन गुरिअन विश्वविद्यालयअन्तर्गको याजामुट ३६० आन्तरप्रेनरसिप सेन्टरकी डाना गाभिसले इजरायलमा कसरी शैक्षिक संस्थाबाटै नवउद्यमी र प्रविधि विज्ञहरू उत्पादन गरिन्छ र तिनले इजरायलको अर्थतन्त्रमा कस्तो योगदान पुर्‍याइरहेका छन् भन्नेबारे भर्चुअल प्रविधि जुमबाट जानकारी दिएकी थिइन् । ‘इजरायलका १० प्रतिशत कामदार हाई–टेक कम्पनीमा काम गर्छन्,’ इन्नोभेसन अथोरिटी अफ इजरायलले हालै सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दै उनले भनिन्, ‘हाल देशभर ७० हजार ओटा स्टार्टअप कम्पनी सञ्चालनमा छन् । देशको अर्थतन्त्रको ठूलो हिस्सा हाई–टेक प्रविधिमा निर्भर छ ।’

सम्बन्धित सामग्री

पोखरा जोमसोम हवाई रूटमा मौसम सम्बन्धि जानकारी दिने क्यामेरा जडान हुने

नेपालको हवाई उड्ययन क्षेत्रलाई थप सुरक्षित बनाउन राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।  पोखरा जोमसोमको हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न केन्द्र र प्राधिकरणबीच समझदारी भएको हो ।  नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउन पोखरा...

कृषि औजार कारखानामा छिर्‍यो राष्ट्रिय आविष्कार केन्द्र

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो । मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ । केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश […]

राष्ट्रिय आविष्कार केन्द्र र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । […]

हात थाप्दै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं, पुस २५ । निर्यातमुखी अर्थतन्त्र नेपालको परिचय बन्दै आइरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले एक दशकदेखि विभिन्न वस्तुको निर्माण गरी अन्धकारमा दीयो जगाउने काम गरेको छ । नेपालमा आविष्कार र अनुसन्धानमूलक क्षेत्रमा कम लगानी हुने गरेको अवस्थामा केन्द्रले कृषि औजार निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । उसले बनाएको बच्चालाई न्यानो बनाउने बेबी वामर र […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औं वार्षिक साधारणसभाका अवसरमा शनिबार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति […]

हाई टेक क्लासरूम बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक क्लासरूम बनाइरहेको छ । केन्द्रले उच्च प्रविधि युक्त कक्षा कोठा अर्थात हाई टेक क्लासरूम काम लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले हाई टेक क्लासरूमको काम लगभग सकिने लागेको जानकारी दिए । ‘यसलाई प्रभावकारी रुपमा विकास, परीक्षण र विस्तार गर्नको लागि बिज्ञहरुको आइडिया र थप...

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्य

नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो । विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष …

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई गत शुक्रबार एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेका हुन्

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...