धरान उपमहानगरपालिकाकी उर्मिला राईले उपचारका लागि सजिलो हुन्छ भनेर सात महिना पहिले ३ हजार ५ सय रुपैयाँ तिरेर परिवारकै स्वास्थ्य बीमा गराउनु भयो । स्वास्थ्य बीमा गरेपछि उपचारका लागि सजिलो हुन्छ ठान्नुभएकी राईलाई काठमाण्डौको शिक्षण अस्पतालमा पहिले त बीमाका लागि कहाँ सम्पर्क गर्ने भनेर खोज्दै एक घण्टा लाग्यो ।
स्वास्थ्य बीमा गर्दा कुन अस्पतालमा उपचार गराउने हो त्यो अस्पताल तोक्नुपर्ने हुन्छ । उहाँले काठमाण्डौको शिक्षण अस्पताल रोज्नुभयो ।
तर, काठमाण्डौ आएर शिक्षण अस्पतालमा उपचार गराउन खोज्दा भने उहाँलाई अस्पताल नै फरक पर्यो ...