काठमाण्डाै - भुटानको चेमगाङ केन्द्रीय जेलमा आजीवन कैद सजाय भोगिरहेका राजनीतिक बन्दीहरुको अवस्थालाई लिएर ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले गम्भीर चासो व्यक्त गरेको छ ।
जेलमा उत्पन्न भएको तनाव र त्यसपछिको अवस्थामा त्यहाँ रहेका ३५ जनाभन्दा धेरै राजनीतिक बन्दीको सुरक्षा जोखिममा परेको भन्दै जीसीआरपीपीबीले चासो व्यक्त गरेको हो । जीसीआरपीपीबीले प्रेस विज्ञप्ति निकालेर जेलमा भएको घटनाप्रति आफ्ना ध्यानाकर्षण भएको जनाएको छ ।
गएको शनिवार प्रहरीबाट ज्यादती र यातना दिइएको भन्दै कैदीबन्दीले न...