महिला आयोगको टोलीद्वारा नाका अनुगमन

राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमा नाकाको अनुगमन गरेको छ । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भद्रपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल प्रहरीले रोकथाम गर्ने प्रयास गरे पनि सजिलैसँग सीमानाका वारपार गर्ने गरेको पाइएको सदस्य खतिवडाले जानकारी दिइन् ।अनुगमनका क्रममा टोलीले प्रहरी प्रशासन र सम्बन्धित सङ्घ संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न पनि आग्रह गर