१५ ठाउँमा सौर्य ऊर्जा जडान

म्याग्दी । गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफै श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् । मंगला गाउँपालिका–३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका छन् । यसअघि मालिका गाउँपालिका–५ देवीस्थान र रघुगङ्गा गाउँपालिका–६ को पाखापानी स्वास्थ्यचौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए । बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा बाहै्र महीना सिँचाइ गर्ने सुविधा भएको बताए । ‘बस्तीमुनिको म्याग्दी नदीको पानी खेर गए पनि सुक्खा याममा सिँचाइ अभावमा खेतीबाली लगाउन, सिँचाइ गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो,’ उनले भने, ‘सोलारबाट लिफ्ट सिँचाइ भएपछि बाह्रै महीना खेती गर्न सकिने भएको छ ।’ संस्थाका प्रतिनिधि र प्राविधिकसहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए । उनीहरुले मंगला माविमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई हस्तकलासम्बन्धी तालिम दिएका थिए । सन् २०२१ को डिसेम्बर महीनायता बागलुङको ताराखोला स्वास्थ्यचौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य ऊर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्यचौकीमा सौर्य ऊर्जा जडान गरेको संस्थामा आबद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताए । स्वास्थ्यचौकीमा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था भएपछि फ्रिज, डिपफ्रिज, एक्सरे, कम्प्युटर, प्रिन्टर, रकसन मेसिन, बेवी वार्मरलगायतका उपकरण आवश्यक परेको जुनसुकै समयमा प्रयोग गर्न सकिने भएको छ । बिरामीको उपचार, औषधि भण्डारण र सेवा विस्तारमा सहज भएको देवीस्थान स्वास्थ्यचौकीका प्रमुख तेजिन्द्र रानाले बताए । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगर र चेचुङमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाको देउराली आधारभूत, काफलडाँडा आधारभूत, आदर्श मावि, टिकोट मावि, सर्वोदय मावि, मुक्तिमार्ग मावि, खिवाङ आधारभूत, नाँगीको सामुदायिक अस्पताल, राम्चे स्वास्थ्यचौकी र टिकोट सामुदायिक स्वास्थ्य एकाइमा पनि सौर्य ऊर्जा जडान गरिएको छ । रासस

सम्बन्धित सामग्री

सौर्य ऊर्जा विकासमा इप्पानको चासो

सरोकारवालाहरूले नेपालमा सौर्य ऊर्जा उत्पादनमा सुधार ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा ग्रिडजडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका पेपर...

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका […]

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

काठमाडौँ,१३ मँसिर । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार […]

प्रतिस्पर्धाका आधारमा  सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ। ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै...

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ – लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ। हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए। उत्पादित […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय […]

८५० घरधुरीलाई सौर्य ऊर्जा वितरण

काठमाडौँ,८ साउन । केन्द्रीय विद्युत् लाइनको पहँुचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण […]

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  ।

दुई करोड अनुदानमा कर्णालीका पाँच गाउँमा सौर्य ऊर्जा

जुम्ला-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले माथिल्लो कर्णालीका पाँच स्थानीय तहका दुर्गम गाउँबस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको छ । अहिले जुम्लाका दुई गाउँबस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको […]