पिपुल्स पावरको आईपिओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो ।कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ   । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ  । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ । कम्पनीले असार ८ गतेदेखि  साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो ।   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।  पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  

सम्बन्धित सामग्री

सामलिङ्ग पावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

सामलिङ्ग पावर कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज १ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखि  आयोजना प्रभावित इलामका स्थानीयलाई शेयर निष्काशन गरेको हो ।  कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये आयोजना प्रभावित इलाम जिल्ला भरिका स्थानीयलाई ३ लाख कित्ता छुट्याईएको छ । त्यस्तै अति प्रभावित इलाम नगरपालिकाको वडा नम्बर ८ र १० तथा माईजोगमाइ गाउँपालिकाको वडा नम्बर ४ र ५ का स्थानीयलाई २ लाख कित्ता शेयर निष्काशन गरिने छ । यस आईपिओमा आवेदनले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो । उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ। उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।