काठमाडौँ – स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा बदली तथा फाटफुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न स्थानमा बदली तथा वर्षा भएको हो। मौसमविद् विष्णु घिमिरेले भने, ‘स्थानीय वायुको प्रभाव र केही मात्रामा पश्चिमी वायुको समेत प्रभाव परेकाले बदली भएको […]