४ वर्षमा ८२२ किलोमिटर प्रसारणलाइन निर्माण गर्दै एडीबी

एसियाली विकास बैंक (एडीबी)ले आउँदो चार वर्षभित्र ८ सय २२ किलोमिटर प्रसारणलाइन, वितरणलाइन तथा सबस्टेसन निर्माण पूरा गर्ने भएको छ । ४ सय ३६ किलोमिटर प्रसारणलाइन स्तरोन्नति गर्ने तथा थप ३ सय ८६ किलोमिटर नयाँ प्रसारणलाइनको निर्माण कार्य सन् २०२१ सम्म सम्पन्न गर्ने एडीबीको लक्ष्य छ ।