काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ।दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध खोलको दोस्रो हाफमा दुई गोल गरेको हो। यस्तै नेपालले पनि एक गोल फर्कायो। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। खेल हेर्न पूर्व प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि रंगशाला पुगेका थिए।