मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान
यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।...
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल