पुनर्कर्जा कार्यविधि संशोधन, अक्सिजन प्लान्ट स्थापना गर्न ३ प्रतिशत ब्याजदरमै कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले कार्यविधिलाई दोस्रोपटक संशोधन गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यस्तै, १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले पनि पुनर्कर्जा सुविधा पाउनेछन्...