सरकारले आफ्नो दायित्व भुल्यो : श्रमिकको डेढ अर्ब ६ महीनासम्म पनि निकासा गरेन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अझैसम्म निकासा गरेको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए । सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना जारी गर्‍यो । तर, अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा अहिलेसम्म नभएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले बताए । सामाजिक सुरक्षा कोषका अनुसार सरकारले घोषणा गरेको १ लाख ७५ हजार योगदानकर्ताको करीब डेढ अर्ब रूपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्छ । त्यो रकम निकासाका लागि गत असारमा सामाजिक सुरक्षा कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसमक्ष दाबी निवेदन पेश गरेको थियो । तर, अहिलेसम्म सुनुवाइ नभएको पन्थीको भनाइ छ । चालू आर्थिक वर्षको छ महीना पूरा हुँदा पनि सरकारले अझै रकम जम्मा गरिदिएको छैन । ‘हामीले बजेटमा आएको व्यवस्थाअनुसार जेठ र असारको योगदान जम्मा नगर्न योगदानकर्तालाई सूचित गर्‍यौँ । तर, सरकारले अहिलेसम्म निकासा गरिदिएन,’ पन्थीले भने । कम्पनीहरूले कोषमा जम्मा गर्नुपर्ने रकम महीना पूरा भएको १५ दिनभित्र जम्मा नगरे सरकारले दिने सुविधा खोस्छ तर सरकारले भने श्रमिकको डेढ अर्ब समयमै निकासा नगरी बैंकमा राखेर ब्याज खाने काम गरेको छ । यसले सरकारको नियतमाथि नै प्रश्न उठेको छ । बन्दाबन्दीका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भई निजीक्षेत्र मारमा परेको बेला कोभिड शुरू हुने वर्ष सरकारले राहतस्वरूप बन्दाबन्दी अवधिभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान आफैले बेहोर्ने घोषणा गरेको थियो । उक्त अवधिको सामाजिक सुरक्षा कोषअन्तर्गत रू. १ अर्बभन्दा बढीको दायित्व सरकारले बेहोरेको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार प्रक्रियामै रहेकाले निकासा छिट्टै हुनेछ, प्राथमिकतामा सामाजिक सुरक्षा कोषको निकासाभन्दा अरू पर्दा केही ढिलाइ भएको हो । ‘सरकारले घोषणा गरेअनुसार गत वर्ष पनि बेहोरेकै हो, अहिले पनि बेहोर्छ,’ अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यले बताए । उनका अनुसार बजेट निकासा प्राथमिकताका आधारमा गरिने भएकाले ढिलाइ भएको हो । हालसम्म कोषमा तीन लाख सात हजार छ सय २० श्रमिक सूचीकृत छन् । त्यस्तै १६ हजार चार सय १३ रोजगारदाता जोडिएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार महामारीयता कोषमा आबद्ध हुने क्रम बढ्दो छ । अघिल्ला वर्षहरूमा सरकारले महामारीका बेला सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि राहत दिने भन्दै योगदान गर्नुपर्ने रकम अन्तर्गतको दायित्व बेर्होने घोषणा गरेको थियो ।  अहिले कोभिडको तेस्रो लहरले निजी क्षेत्र प्रतिष्ठानहरू प्रभावित भइरहेका छन् तर यसपटक भने सरकारले त्यस्तो खाले सहुलियतको कुनै घोषणा गरेको छैन ।

सम्बन्धित सामग्री

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । […]

ब्याज अनुदानको रकम निकासा गर्न राष्ट्रबैंकको ताकेता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको निकासा दिन अर्थ मन्त्रालयलाई ताकेता गरेको छ । ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारको विश्वसनियतामा प्रश्न उठेको भन्दै राष्ट्रबैंकले तत्काल निकासा गर्न मन्त्रालयसँग आग्रह गरेको हो । सरकारले विभिन्न खाले ऋणको ब्याजमा सहुलियत दिंदै आएको छ । तर, सरकारले गत कात्तिदेखि त्यस्तो अनुदान वापतको ब्याजको रकमको […]

दोस्रो चौमासिकका लागि अर्बाैं रकम निकासा

कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेले दोस्रो चौमासिकका लागि कुल दुई अर्ब १५ करोड २० लाख ६२ हजार चार सय ३९ रुपैयाँ निकासा गरेको हो।...

बेलिब्रिज निर्माण गर्न एक करोड निकासा

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोडने रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले करिब एक करोड रुपैयाँ निकासा गरेको छ । बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो ।गत साउन १७ गते पुनः आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रूपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बुसहित तीन […]

बेलिब्रिज निर्माण गर्न एक करोड निकासा

सिन्धुपाल्चोक- मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोडने रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले करिब एक करोड रुपैयाँ निकासा गरेको छ । बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो ।गत साउन १७ गते पुनः आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रूपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बुसहित […]

महालेखाले ३ दिनका लागि रोक्यो बजेटको निकासा

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले एक सूचना निकाल्दै तलब, भत्ता र निवृतभरण बाहेकको सम्पूर्ण बजेटको निकासा रोकेको हो ।सूचनाअनुसार आज (विहीबार)देखि शनिबारसम्म बजेट निकासा रोक्न निर्देशन दिइएको छ । साथै, यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने बताइएको छ ।

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्

पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

काठमाडौँ, ३१ असार: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७-७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार […]

असारे विकासः एकै दिन १२ अर्ब निकासा

काठमाडौं। सरकारले आज एकैदिन १२ अर्ब ८० करोड रुपैयाँ बजेट निकासा गरेको छ। आर्थिक वर्षको अन्त्यमा विकासमा धेरै रकम खर्च गर्ने पुरानै परिपाटीअनुसार एकै दिन १२ अर्ब रुपैयाँ निकासा भएको हो। जसमा आज ४ अर्ब ६१करोड रुपैयाँ चालू, आठअर्ब १८ करोड रुपैयाँ निकासा भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म ११ खर्ब ५०अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा भएको छ।

अर्थद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका […]