संसदीय विशेष समितिले भेट्यो पूर्व अर्थसचिव ढुंगाना

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व अर्थ सचिवसँग बयान लिएको छ । समितिले आज बिहान बसेको बैठकमा अर्थमन्त्री विरुद्ध लागेको आरोपको विषय छानबिन गर्नेक्रममा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानासँग बयानका लागि भेटघाट गरेको हो ।समितिका सचिव सुरेन्द्र अर्यालले पूर्वअर्थसचिव ढुंगानासँग बयान लिएको रातोपाटीलाई बताए । भने, ‘छानबिनका क्रममा आज विहान १० बजेसम्म ढुंगानासँग बयान लिइयो ।’ समितिले ढुंगानासँग अर्थमन्त्रालयमा जडित सीसीटीभीको