अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन

काठमाडौँ, २९ फागुन । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उनलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी […]

सम्बन्धित सामग्री

साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

काठमाडौँ। अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन्। अभिनव साहित्य समाजको २४१औँ साहित्यिक शङ्खला अन्तर्गत २१औँ वार्षिकोत्सव एवं शिशिर विशेष कवि गोष्ठीको अवसर पारेर शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उहाँलाई समाजको तर्फबाट रु दश हजार र प्रतिष्ठानको तर्फबाट रु पाँच हजार गरी कूल रु १५ हजारसहित अभिनन्दन गरिएको हो।