यौनजन्य अपराध न्यूनीकरणका लागि दबाबस्वरुप सडक नाटक (तस्बिरहरु)

हेटौंडा । न्यायका लागि स्वतन्त्र जनदबाब नामक समूहले बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बलात्कार तथा महिलामाथि हुने यौन दुर्व्यवहार र हिंसाको विरोधमा सडक नाटक प्रस्तुत गरेका छन् । सडक नाटकमार्फत् समाजमा सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रममा देशका विभिन्न ठाउँमा भएका बलात्कार र हिंसाका प्रतिनिधि घटनाको स्मरण गर्दै ती घटनामाथि सामाजिक विश्लेषण, देशको कानूनी अवस्था र सुधार गनुपर्ने पक्षबारे जानकारी गराइएको थियो ।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, बझाङकी सम्झना विक, बैतडीकी भागरथी भट