प्रधानमन्त्री-जसपा वार्ता नयाँ मोडमा : संविधान 'रिभ्यू' आयोगदेखि मुद्दा फिर्ता सहमतिउन्मुख !

प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि संवैधानिक पुनर्विचार आयोग 'कन्स्टिच्युसनल रिभ्यु कमिसन' गठन गर्न तयार भएको दाबी जसपाका वरिष्ठ ने‍ता राजेन्द्र महतोले गरेका छन् । लोकान्तरसँग शुक्रवार संक्षिप्त कुराकानी गर्दै महतोले सर्वोच्च अदालतका बहालवाला वा पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक क्षेत्रका विज्ञहरू समेत राखेर आयोग गठन गर्नका लागि प्रधानमन्त्री ओली तयार भएको दाबी गरेका हुन् । जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच भएको पटक-पटकको वार्ताको परिणामस्वरूप उक्त कुराका लागि ओली तयार भएको महतोले ख...

सम्बन्धित सामग्री

जसपा र सरकारबीचकाे वार्ता सकारात्मक

जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकारबीचको वार्ता सकिएको छ । वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले बताउनुभयाे । जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ ।

एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए ।यद्यपी छलफललाई निरन्तरता दिने सहम

कार्यदलस्तरमा जसपा र सरकारबीच वार्ता हुँदै

जसपाले टीकापुर घटनामा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता तथा रिहाइ, मधेश आन्दोलनका मुद्दा फिर्ता तथा संविधान संशोधनको माग गर्दै आएको छ