कोरोनाबाट बच्न जमुनाह नाकामा स्वास्थ्य सतर्कता

कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ । भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् ।   स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए । उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा  भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए...