शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप: विश्वविद्यालय विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसद्मा पेस गर्ने जानकारी दिए ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री राईले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेस गर्ने जानकारी दिनुभयो […]