म्याग्दी : कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरू गरेका कारण कोरोनाको संक्रमण जिल्लाका बस्ती-बस्तीमा फैलिएको छ।सदरमुकाम बेनी हुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाले म्याग्देली जनतालाई त्रसित बनाइरहेको छ।वैशाखको दोस्रो सातासम्म 'पर्ख र हेर'को अवस्थामा रहेका यहाँका स्थानीय तहले तेस्रो सातादेखि कोरोना संक्रमणको नियन्त्रणका लागि काम शुरू गर्दा धेरै ढिला भैसकेको थियो। त्यति बेलासम्म नयाँ भेरियन्टयुक्त कोरोनाको दोस्रो लहर सदरमुकाम बेनीबजारलाई छिचोल्दै ग्रामिण भेगस