काठमाडौं । बहिरोपनको समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको चिकित्सकहरुले बताएका छन् । शुक्रबार विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चिकित्सकहरुले बहिरोपन अपाङ्गताको प्रमुख रोग भएपनि समाधानको उपायबारे सरकार गम्भीर नदेखिएको बताए । सोसाइटी अफ अटरानगेलोजिस्ट एसोसिएसनका अध्यक्ष प्रा. डा. दीपेन्द्र श्रेष्ठले बहिरोपनको रोकथाम तथा उपचारमा छिमेकी मुलुकभन्दा निकै पछाडि परेको बताए । ‘भारतमा यससम्बन्धी […]