काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रका अभिनेता अनमोल केसीका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन असोज […]
काठमाडौं। तिहारको लक्ष्मीपूजासँगै राजधानी उपत्यका मात्रै होइन देशै धपक्कै बलेको छ। उज्यालोको पर्व तिहारमा घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको छ। यसले सहरको रौनक उस्तै मनोरम बनाएको छ। अँध्यारोमा लक्ष्मीको बास हुन्न भन्ने धार्मिक मान्यताअनुरुप सबैले आफ्ना घरका कुनै कुनालाई पनि प्रकाशविहीन राखेका छैनन्। विभिन्न व्यावसायिक प्रतिष्ठान, घरको आँगनमा विभिन्नखाले बत्तीले सजाइएको […]
काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो। जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु […]
अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन। नेकपा ९एमाले०
दमौली। यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा व्यास नगरपालिका–१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। घटनाबारे प्रारम्भिक […]