ईन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलीकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा, गोविन्द साउद, गोरखा घर भएका राजन घले र काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाड