संसदमा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बजेटमाथिको छलफमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले दिइरहेका छन्। हिजो राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने […]