होली खेल्ने क्रममा सप्तरीका विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा १५ जना घाइते

जनकपुरधाम – सप्तरीमा होलीको क्रममा विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। मंगलबार होली खेल्ने क्रममा झैझगडा तथा कुटपिट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मंगलबार साँझ सप्तरीको राजगढ गाउँपालिका- ६ फकिरास्थितमा खंग टोलका युवाहरू बाटोमा बसी होली खेली रहेको र सोही समयमा […]

सम्बन्धित सामग्री

पाकिस्तानमा होली मनाउँदा हिन्दु समुदायमाथि आक्रमण, १५ घाइते

होली पर्व मनाएको भन्दै मुस्लिम समुदायको भिडले पाकिस्तानमा हिन्दुहरूमाथि आक्रमण गरेको छ ।

काठमाण्डाैमा हाेली खेल्ने क्रममा छतबाट खसेर एक जनाकाे ज्यान गयाे, एक जना घाइते

काठमाण्डाै – काठमाण्डौमा होली खेल्ने क्रममा घरकाे छतबाट खसेका एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।  तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाका हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिबनकुमारी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट लडेर हिजो बिहीवार घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।   यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले ज...

होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा हिजो (बिहीबार) साँझ ७:३५ बजे निधन […]

बौद्धमा होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते

काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् ।११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित आफन्तको एकतले घरको छतमा होली खेल्दा उनी लडेकी हुन् । उनको अहिले मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।दाजुसँग डेरामा बस्ने उनि विहान आफन्तकहाँ होली खेल्न गएकी हुन् ।

बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार

बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका–८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन् ।  घाइतेको थापाको हातमा चोट लागेको छ । उनको...

होली खेल्दा घरको छतबाट लडेर २२ वर्षीया युवती गम्भीर घाइते

काठमाडौँ-  काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक युवती गम्भीर घाइते भएकी छन्। जोरपाटीमा बस्दै आएकी २२ वर्षीया बिनिता चौलागाईं होली खेल्दै गर्दा घरको छतबाट लडेर  गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक भोटेचौर घर भएकी उनी अस्थायी रुपमा जोरपाटी दक्षिणढोका बस्दै आएकी थिइन्। घरको छतमा होली […]

होली खेल्ने क्रममा साढे दुई तल्लाबाट खस्दा एक किशोरी घाइते

होली खेल्ने क्रममा घरको साढे दुई तल्ला माथिबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छन्। बिहीबार दिउँसो साथीभाइसँग होली खेल्ने क्रममा बौद्धस्थित एक घरको साढे दुई तल्लाबाट खस्दा सिन्धुपाल्चोक घर...

बौद्धमा होली खेल्दा खेल्दै घरबाट खसेर किशोरी गम्भीर घाइते

काठमाडौं, चैत्र । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा एक किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा गएकी थिइन् । उनको उपचार नेपाल मेडिकल कलेज, जोरपाटी भइरहेको छ ।

होली खेल्ने क्रममा झगडा हुँदा महिलाको मृत्यु, आधा दर्जन घाइते

वीरगंज : बारामा सोमवार होली खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा एक जना महिलाको मृत्यु भएको छ। झगडामा भएको कुटपिटमा परी कलैया उपमहानगरपालिका वडा नं २३ भतौडाकी स्थानीय ६५ वर्षीया संजा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार उक्त घटनामा परी घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो। देवीको…

होली मेलामा झडप हुँदा दुईको मृत्यु

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं.९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताउनुभयो । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले आशङ्का गर्नुभयो । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिनुभयो । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो । आज दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।(रासस)