सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच बिहीबार नर्सहरुले उठाएका सबै माग सम्बोधन गर्ने सहमति भएको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सेतोपाटीलाई जानकारी दिइन्। ‘हाम्रा ११ वटै माग उहाँहरुले सम्बोधन गर्ने सहमति भएको छ, सरकारसँगको सहमति पछि…