अब रोज्ने पालो हाम्रो हो, गृहसहित तीन मन्त्रालय लिन्छौं : पाण्डे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयले लिएर सरकारमा सहभागी हुने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर संसद भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्ता समीकरणमा अब रोज्ने पालो आफूहरूको भएको बताए। ‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले रोज्यो। अहिलेको समीकरणभित्रको चौथो ठूलो दल हो हामी, पाण्डेले भने, त्यो हिसाबले हामी अब मन्त्रालय हामीले रोज्ने हो