जसपा लुम्बिनीको समानुपातिक प्रदेश सांसदमा निर्मला भुडभरी निर्वाचित
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।...
काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]
सप्तरी – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए। यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन […]
जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो । भोलि शुक्रबारसम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताउनुभयो । पार्टीको केन्द्रीय समितिले […]
मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चा
गौर : रौतहट क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन्। यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत…
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार २१२ मत पाए।
हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।जसपाका तर्फबाट एक मात्र बागमती प्रदेशसभा सदस्य रहेका उनले शनिबार हेटौंडामा भएको काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनमा मतदान गरेर गएका छन्। रात
जनता समाजवादी पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारिएको विरोधमा प्रदर्शन गर्ने भएको छ । सो पार्टीको मधेस प्रदेश समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।जसपा नेपालले शनिबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने भएको छ भने आइतबार जिल्ला सदरमुकामहरूमा वृहत् विरोध प्रदर्शन गर्ने सो विज्ञप्तिमा जनाइएको छ । जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनपछि प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न यही भदौ २२ गतेसम्मको समय दिइएपछि अहिले दुबै दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ को राजधानी जनकपुरमा केन्द्रित भएका छन् । यी दुबै पार्टीको मूख्य आधार भूमि प्रदेश नम्बर २ भएकाले दुबै दलहरु निर्वाचित जनप्रतिनिधिलाई […]