काठमाण्डाै – नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले निकालेको विज्ञप्तिमा सरोकार नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिएको र निवेदनबारे माओवादी केन्द्रको ध्यानाकर्षण भएको उल्लेख छ । संविधान, कानुन, विधि विधान विपरीत पार्टीको दुष्प्रचार गरिएको माओवादी केन्द्रले जनाएको छ ।
‘हाम्राे पार्टीसँग कुनै सराेकार नराख्ने व्यक्ति निवेदक रहेकाे र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियासमेत जानकारी ...