स्याउको दशौं दाना र विना मूल्यको अक्सिजन

सिकारको लागि एउटा सिकारी जंगल छिरे, तर तीन दिनसम्म उनले कुनै जनावर सिकार गर्न सकेनन्। जंगलभित्र निकै कुदे, कहिँकतै कुनै जनावर भेटिनु त के, खानका लागि कन्दमूल र फलफूल पनि भेटेनन्।भोकले उनको प्राणपखेरु उड्न लागिसकेको थियो। अब त शरीर नै रहन्न कि भन्ने निराशामा उनी पुगिसकेका थिए।तेस्रो दिन साँझतिर जंगलको एउटा छेउमा स्याउको रूख देखे। रूखमा चढेर १० दाना स्याउ टिपे। एक दाना स्याउ जब उनले खाए, प्राण फिर्ता भएको महसुस गरे। अहो भावले भरिए, एक दाना स्याउले आफ्नो प्राण बचाएकोमा धन्य