लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।
निरन्तरको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा एमाले छ ।
भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।