उपत्यकाको फोहोर अब बन्चरेडाँडामा

सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।