धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

झापा । निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको सडकको हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको सडक धुलाबारीबाट मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौटारसम्म २५ दशमलव ३७० किलोमिटर पूर्णरुपमा कालोपत्रे निर्माण गरिने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले बताए ।

सम्बन्धित सामग्री

सडक निर्माणमा ढिलासुस्ती हुँदा पर्यटकलाई सास्ती

म्याग्दी- म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ ।कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मंसिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण […]

काठमाडौं–नुवाकोट सडक निर्माण १० वर्षदेखि अलपत्र

नुवाकोटका जनप्रतिनिधि र नेताहरूले काठमाडौँदेखि ककनी हुँदै नुवाकोट जाने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नुवाकोटका नेपाली कांग्रेसका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नुवाकोट जिल्लामा सञ्चालित योजनाहरूको अवस्था, पुर्वाधार निर्माण र अन्य योजनाहरूबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।

सडक निर्माणमा ढिलासुस्ती

नारायण नगरपालिकाको मुख्य सडक क्षेत्र निर्माणमा ढिलाइ भएको छ। पुरानो बजारदेखि गणेश चोकसम्म मुख्य सडक क्षेत्रमा नालासहित सडक स्तरोन्नति गर्न ढिलाइ हुँदा पैदल यात्रुलाई समेत समस्या भएको छ। कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिने गरी नगरपालिकाले एक करोड १२ लाख बजेट विनियोजन गरेको थियो। सो कामको ठेक्का एसआरपी ग्रुप कन्स्ट्रक्सनले पाएको थियो। सो कम्पनीले मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चोक हुँदै गणेश चोक जाने सडकका विभिन्न ठाउँमा भत्काएर अलपत्र पारेको छ। सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। पैदल यात्रुलाई आवतजावतमा समस्या परेको बताइन्छ। नाला भत्काइँदा दुर्गन्ध, धुलो, धुवाँले समेत स्थानीय पीडित छन्।