कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार ३० । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा आसपासको क्षेत्र, पाल्पा, स्याङ्जा, तनहुँ र कास्कीमा ठूलो पानी परेको छ । नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत […]