अरुणाचल प्रदेशबाट भारतीय युवकलाई चिनियाँ सेनाले लगेको दाबी, फर्काउन माग

अरुणाचल प्रदेशबाट हराइरहेका एक भारतीय युवकलाई पत्ता लगाउन भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग माग गरेको छ ।  युवकलाई स्थापित प्रोटोकल अन्तर्गत फर्काउन भनिएको भारतका रक्षा स्रोतले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।  उक्त युवक जडीबुटी संकलन र शिकारका लागि गएको बेलामा बाटो हराएको र नभेटिएको बताइएको छ । ‘अरुणाचल प्रदेशका मिराम तारोन हराएको घटनाका विषयमा खबर पाउनेबित्तिकै भारतीय सेनाले तत्कालै चिनियाँ जनमुक्ति सेनासँग सम्पर्क गरेको थियो । उनी बाटो हराएर भेटिएनन् । उनलाई खोज्न चिनियाँहरूसँग ...