पहिरोले घर र स्वास्थ्य चौकीमा क्षति, खानेपानी अवरुद्ध

रुकुम पश्चिममा निरन्तरको वर्षाको कारण आएको पहिरोले विभिन्न संरचनामा क्षति पुगेको छ ।

सम्बन्धित सामग्री

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गयो

काठमाण्डाै - हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले उज्यालोलाई जानकारी दिनुभयो । घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, ५ वेपत्ता

अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्।