गोर्खाली रग्बीको लगातार जित

गोर्खाली रग्बी क्लबले दशरथ रंगशालामा भइरहेको फिफ्टिन्स रग्बी लिगमा लगातार दोस्रो जित पाएको छ । बुधबार लिग चरणको दोस्रो खेलमा गोर्खालीले एपीएफ क्लबलाई हरायो । गोर्खालीले एपीएफमाथि ४९–२० को स्कोर सफलता पायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एपीएफ ४ अंकसहित तेस्रो स्थानमा रह्यो ।

सम्बन्धित सामग्री

बाल जीवन र बागलुङ कालिका विजयी

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बाल जीवन खेलकुद क्लबले लगातार दोस्रो र बागलुङ कालिका युवा क्लबले पहिलो जित निकालेका छन् । मंगलबार भएको समुह ‘ख’को पहिलो खेलमा बाल जीवन खेलकुद क्लबले विर गोर्खाली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाल जीवनको लागि मोहन थापाले […]

वीर सहिदको सम्झना

सर्वप्रथम आफ्नो मातृभूमि बचाउन अङ्ग्रेजसँग युद्ध गर्दा आफ्नो ज्यानको आहुति दिएर सहादत प्राप्त गर्नु हुने देशभक्त अमर सहिदप्रति सलाम गर्दछौँ । त्यसका साथै साथै राणाशासन विरुद्ध आफ्नो फौज खडा गरी विद्रोह गर्न तयार हुनुभएका प्रथम सहिद लखन थापा तथा पञ्चायती शासन विरुद्ध जीवन आहुति दिने, जेलनेल खाने सम्पूर्ण सहिदप्रति सलाम गर्दछौँ । एवम् प्रकारले राष्ट्र, राष्ट्रियताको लागि जीउज्यानको आहुति दिने महान सहिदलाई स्मरण गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्दै सलाम गर्दछौ । पृथ्वनारायण शाहले वि.सं. १८०१ देखि १८२७ सम्म ससाना राज्यमा विभाजित राज्यलाई जित्दै एकीकृत नेपाल बनाए । १८३१ मा उहाँको निधन भयो । त्यसपछि अरू राजाहरूले बाइसे÷चौबिसे राज्यलाई एकीकृत नेपाल राज्यमा मिलाउँदै गए । पृथ्वीनारायण शाहको पालामा नेपाल राज्य ८०० माइल लामो थियो । पूर्वमा सिक्किम, पश्चिममा सतलज, उत्तरमा हिमालय दक्षिणमा गोरखपुरसम्म नेपाल मानिन्थ्यो । यो विशाल नेपालको एकीकरण देखेर भारतमा शासन गरिरहेको साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीको चिन्ता बढेर गयो । इस्ट इन्डिया कम्पनीका जनरल हेस्टिङ्सले नेपालमाथि सन् १८१४, वि.सं.१८७१ मा विधिवत युद्धको घोषणा गरेर पूर्वमा सिक्किम, पश्चिममा सतलज, दक्षिण गोरखपुरमा अत्याधुनिक हतियारसहित अङ्ग्रेज फौज तयार गरे । नेपालको तर्फबाट नालापानी किल्लामा बलभद्र कुँवर, देउथलमा भक्ति थापा, पश्चिम क्षेत्रमा अमरसिंह थापा, साथै अन्य क्षेत्रमा पनि फौज तयार गरिएको थियो । नेपाली फौजसँग कुनै अत्याधुनिक हतियार थिएनन् । टोप, खुकुरी, भाला, धनुषवाणबाहेक केही थिएन । अङ्ग्रेजसँग नालापानीमा घमासान युद्ध भयो । नेपाली सेनाका कमान्डर बलभद्र कुँवरसँग ६०० सेना रहेका थिए । युद्धमा नेपाली फौजले अङ्ग्रेज कमान्डर जेलेस्पी एलिसलाई बाण हानेर मारिदिए । त्यतिखेर ६५० सिपाही मारिए । अङ्ग्रेज फौजले नेपाली फौजसँग लड्न नसक्ने देखेर कूटनीतिक तरिकाबाट नालापानी किल्लाको पानीको मुहान काटिदिए । पानी खान नपाएर गोर्खाली फौजका ५३० जनाको मृत्यु भयो । छ दिनसम्म लगातार युद्ध चलेको थियो त्यतिखेर । अङ्ग्रेजले वीर सत्रु बलभद्र कुँवर र गोर्खालीको स्मृतिमा शिलालेख स्थापना गरे । यो युद्ध नेपालीका लागि अविश्मरणीय रहेको छ । त्यसैगरी, देउठल ...