काठमाडौं : पुराना पार्टीहरूको विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफूलाई पृथक पार्टीको रूपमा उभ्याउने बताउँदै आएको छ। गठन भएको छोटो समयमै २१ स्थानमा संघीय निर्वाचन जित्दै संसद्मा बलियो उपस्थिति देखाउन सफल रास्वपामा पुरानै पार्टीहरूको जस्तो विकृति देखिन थालेको छ। आफूलाई पम्परागत पार्टीभन्दा फरक बनाउने बताएको र पुराना पार्टीबाट दिक्क भएका जनताबाट आक्रोशको मत पाएको रास्वपा पनि पुरानै पार्टीहरूको लयमा देखिएको हो। पुराना ठूला भनिएका दलहरूमा