पार्टीको पहिचान देखिने गरी काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए ।‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता […]